१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


होटल संघ र पर्यटन क्षेत्रका श्रमीक संगठनबीच सम्झौता


0
Shares

काठमाडौं, साउन ४ । होटल संघ र पर्यटन क्षेत्रका श्रमीक संगठनबीच सम्झौता भएको छ ।

होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय श्रमीक संगठनबीच कर्मचारी व्यवस्थापन सम्बन्धी सम्झौता भएको हो ।

श्रम ऐन कानून बमोजिम सेवा सुविधा उपलब्ध गराउन कठिन भएको अवस्थामा आफ्ना श्रमिक तथा कर्मचारीलाई व्यवस्थापन गर्नका लागि संघ र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय टे«ड युनियन संघका बीच सम्झौता भएको हो ।

कोभिड–१९ को महामारीबाट सृजित अवस्थाको असर ३१ डिसेम्वर, २०२० सम्म रहन सक्ने आँकलन गरी अप्रिल १३, २०२० देखि डिसेम्वर ३१, २०२० सम्मका अवधीका लागि सम्झौता भएको हो ।

यस विषम परिस्थितिमा दुवै पक्षको लगातार बैठक मार्फत ‘बाँचौं र बचाऔं’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको संघले जनाएको छ ।

कोभिड–१९ को महामारीको कारणले नेपाल सरकारले चैत्र ११, २०७६ देखि पूर्णरूपमा बन्दाबन्दी गरेको तथा अन्तर्राष्ट्रिय रूपमा बढ्न गएको महामारीले गर्दा होटल व्यवसाय पूर्ण रूपमा बन्द हुन गएको र निकट भविष्यमा पनि त्यति सहज नहुने देखिएको भन्दै यो सम्झौता गरिएको संघले जनाएको छ ।

डिलक्स पाँचतारे (दुईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहि स्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक रू.१०,०००÷देखि दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरतलाई मासिक रू. ४,३०० रकम उपलब्ध गराउने लगायतका विषयमा समझदारी भएको जनाइएको छ ।