२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


म्यानचेस्टर सिटीका साने बार्यन म्युनिखमा आवद्ध


0
Shares

काठमाडौं । म्यानचेस्टर सिटीका लिरोय साने जर्मन बुण्डेसलिगा फुटबल क्लब बार्यन म्युनिखसँग पाँच वर्षका लागि आवद्ध भएका छन् ।

२४ वर्षिय सानेले प्रारम्भिक ४४.७ मिलियन पाउण्डमा बायर्नसँग ५ वर्षको सम्झौता गरेका हुन् । साने सन् २०१६ मा शाल्केबाट सिटीमा ३७ मिलियन पाउण्डमा आएका हुन् ।

उनले सिटीमा रहँदा दुई पटक प्रिमियर लिग फुटबलको उपाधि जितेका छन् । बार्यनबाट सम्भव भएसम्मका धेरै उपाधि जित्न लक्ष्य रहेको उल्लेख गर्दै उनले च्याम्पियन्स लिगको उपाधि सबैभन्दा ठूलो प्राथमिकतामा रहेको बताए ।

गएको सिजन सिटीले घरेलु तीन उपाधि जित्ने क्रममा उनको भूमिका महत्वपूर्ण थियो । तर यो सिजनको अधिकांश समय उनी चोटका कारण मैदान बाहिर रहेका थिए ।