
काठमाडौं । चीनले बनाएको विवादास्पद नयाँ सुरक्षा कानून हङकङमा आजदेखि लागु भएको छ । यो कानुन उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने देखिएको छ । चीनले हिजो नयाँ सुरक्षा कानून पारित गरी आजबाट कार्यान्वयनमा ल्याएको हो ।
स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने कानूनलाई लिएर हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा रहेका छन् । चीनले ल्याएको नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रता खुम्चिने भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।
चीनले ल्याएको कानूनमा विखण्डन, आतंकवाद वा विदेशी शक्तिसँगको सहकार्यका कुनै पनि गतिविधिलाई आपराधिकरण गरी त्यसमा बेइजिङ्गले हस्तक्षेप गर्न पाउने व्यवस्था गरिएको छ । सोही कानूनलाई टेकेर चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्