३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध इरानले जारी गर्‍यो गिरफ्तारी वारेन्ट


0
Shares

एजेन्सी, असार १५ । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोलसँग मद्दत पनि मागेको छ ।

गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानी मारिएको सन्दर्भमा इरानले ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

तेहरानका महान्यायाधिवक्ता अली अलकासिमेहरले भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० जना सहभागी थिए । यी सबै माथि हत्या र आतंक फैलाउने आरोप लागेको छ । इरान ट्रम्पलाई गिरफ्तार गर्ने पुरै कोशिसमा लाग्नेछ । ट्रम्प राष्ट्रपति किन नहुन् ।’

इन्टरपोलले भने इरानी वारेन्टको जवाफ दिएको छैन । यता अलकासिमेहरले इरानले इन्टरपोल मार्फत ट्रम्पसहित बाँकी आरोपीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको जनाएका छन् ।