कैलाली, असार १४ । सुदूरपश्चिममा आइतबार एक सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतबार १ सय ९७ जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै डोटीमा ४ सय १०, बाजुराका ३ सय १६, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सुदुर पश्चिम प्रदेशमा संक्रमितको संख्या २३०९ पुगेको छ । प्रदेशमा ६ जना कोरोनाको कारण मृत्यु भएको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।








प्रतिक्रिया दिनुहोस्