
डम्मर बुढा मगर,
बागलुङ । बागलुङको निसीखोलामा एक वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थसहित पक्राउ परेका छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई बिहिबार राति इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्सपेक्टर प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्