
सप्तरी । आज बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्