२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सत्तारुढ सांसदद्वारा सरकारको विरोध


0
Shares

विराटनगर, असार १० । सत्तारुढदल नेकपाका सांसदले प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तर्गतका विनियोजन विधेयकका शीर्षकमा जथाभावी बजेट राखिएको भन्दै सदनमा प्रश्न उठाएका छन् ।

प्रदेश १ संसद बैठकमा बोल्दै सांसदले सामाजिक विकास मन्त्रालय अन्तर्गत आएका बजेट शीर्षकहरू विनियोजन विधेयकका नीति तथा सिद्धान्तसँग समेत मेल नखाने गरी आएको टिप्पणी गरेका छन् ।

नेकपाका सांसद उपेन्द्रप्रसाद घिमिरेले तालिम, गोष्ठी र सेमिनार जस्ता विषयमा मात्र राखिएको बजेट उदेक लाग्दो भएको बताउनुभएको छ ।

त्यस्तै कांग्रेस सांसद लिला सुब्बाले बजेट जती सबै तराईमा थुपारेको विरोध जनाउनुभयो ।