
पाँचथर, असार २९ । परापूर्वकालको ऐतिहासिक धार्मिक स्थल पाँचथरको फिदिम नगरपालिका १० मा रहेको सिद्धकालिका र कालिका मन्दिरको संरक्षण र संवर्द्धनमा स्थानीय जुटेका छन् ।
अहिले सिद्धकालिका मन्दिरको वरिपरी ढुंगाको पर्खाल र गेट लगाइएको छ । वडाले आगामी ०७५÷०७६ का लागि सिद्धकालिका मन्दिरको छेउमै रहेको फाल्गुनन्दको होमाधी निर्माण गर्न ३ लाख रुपैयाँ रकम विनियोजन गरिएको वडा अध्यक्ष विरहाङमा थाम्सुहाङले बताए ।
फाल्गुनन्दको होमाधी स्थलमा २५ फिट अग्लो फाल्गुनन्दको मूर्ति बनाइने, पर्खाल लगाउने र वरिपरी बिरुवा रोप्ने बताइएको छ ।
यस मन्दिरमा फिदिम नगरपालिका वडा नम्बर १० तथा फालेलुङका स्थानीयसमेत दर्शनका लागि आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्