२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


पहिरो झरेपछि पृथ्वीराजमार्ग अवरुद्ध


0
Shares

काठमाडौं । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उनले बताए । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।