२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


रेडियो नेपालको स्तर खस्कियो, सुधार्नोस्, नत्र कारबाही हुन्छ : सन्चारमन्त्री


0
Shares

काठमाडौं, चैत ११ । सन्चारमन्त्री शेरधन राईले सरकारी सन्चारमाध्यहरुको प्रभाव घट्दै गएको भन्दै त्यसलाई स्तरीय बनाउन नयाँ योजनासहितको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

विहीबार रेडियो नेपालको व्यवस्थापन सुधार कार्ययोजना घोषणामा मन्त्री राईले अब एकले अर्काको टाउकामा दोष थोपरेर पन्छिने अवस्था नरहेको बताए ।

रेडियो नेपालको स्तर खस्किएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री राईले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नगरे व्यवस्थापनमाथि कारबाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले नयाँ कार्ययोजना कार्यन्वयनको प्रतिबद्धता जनाए ।