 
	    काठमाडौं, वैशाख २० । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।
यो बराबरीसँगै लेष्टर सिटीले ऐतिहासिक उपाधिका लागि कम्तिमा अर्को एक खेल कुनुपर्ने भएको छ । हिजोको खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्टियलले पहिलो गोल गरे । तर यसको केही समयपछि लेष्टरका मोर्गानले गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
बराबरीसँगै लेष्टर सिटीले अंक तालिकामा १ अंक थपेको छ । लिगमा ३६ खेलबाट उसको ७७ अंक छ भने एक खेल कम खेलेको टोटनह्याम हट्सपरको ६९ अंक छ ।
आज हुने खेलमा टोटनह्यामले चेल्सीसँग खेल्दैछ । यो खेल टोटनह्यामले जित्न नसकेको खण्डमा लेष्टर सिटीले इंग्लिश प्रिमियर लिगको उपाधि जित्नेछ ।
यो खेलमा टोटनह्याम विजयी भएको खण्डमा भने लेष्टरले उपाधि जित्न बाँकी रहेका दुई खेलबाट कम्तिमा दुई अंक ल्याउनुपर्ने हुन्छ ।
इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएका अन्य खेलहरुमा स्वान्सीले लिभरपुललाई ३–१ ले हराँउदा साउथ ह्याम्पटनले म्यान्चेस्टर सिटीलाई ४–२ ले पराजित गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्