 
	    राजकोट, वैशाख २२ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीको यो पाँचौं जित हो ।
सात खेलबाट पाँचौं जित निकालेको दिल्ली अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ । ९ खेल खेलिसकेको गुजरात भने ६ जित र तीन हार व्यहोर्दै १२ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।
टस जितेर पहिले क्षेत्ररक्षण गर्ने निर्णय लिएको दिल्लीले गुजरातलाईलाई निर्धारित २० ओभरमा १४९ रनमा सीमित गरेको थियो । प्रारम्भमा निकै दबाब झेलेको गुजरातका लागि मध्यक्रमका ब्याट्सम्यान दिनेश कार्तिक र रविन्द्र जडेजाले केही राहत दिएका थिए । कार्तिकले ५३ रन बनाए भने जडेजाले ३६ रन जोडेका थिए ।
दिल्लीका लागि रिषभ पन्त र क्विन्टन डि ककको जोडीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि जितको आधार तयार भएको थियो । डि ककले ४६ र पन्तले ६९ रन बनाए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्