 
	    कोलकाता, वैशाख २३ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराएको छ ।
कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । कोलकाताका लागि रोविन उथप्पाले ७० रन तथा गौतम गम्भिरले ५४ रन जोडे ।
जवाफमा १६५ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सक्यो । पञ्जावका ग्लेन म्याक्सवेलले ६८ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।
पञ्जावलाई सस्तैमा समेट्न कोलकाताका आन्द्रे रसेलले ४ ओभरमा २० रन खर्चदै ४ विकेट झारे । जितसँगै कोलकाता आईपिएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
९ खेलबाट उसले १२ अंक जोडेको छ भने समान १२ अंक जोडेको गुजरात लायन्स रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
आईपिएल क्रिकेटमा आज राती दिल्ली डेयरडेभिल्स र राईजिङ पुणे सुपर जाईन्ट्स भिड्नेछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्