काठमाडौं, वैशाख ३१ । नेपाल जुडो संघले खेलाडी फुपुल्हामु खत्री र रमेश मगरलाई कारबाही गरेको छ ।
ओलम्पिक सोलिडारिटी कोर्षका लागि जापान गएकी फुपुले बीचैमा छाडेर आएकाले उनलाई कारबाही गरेको जुडो संघले जानकारी दिएको छ । उनी समयावधी भन्दा अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेर स्वदेश फर्केकी थिईन् ।
कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिपोर्टका आधारमा उनलाई टोकियो ओलम्पिक २०२० सम्म कुनै पनि जुडोका कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
जुडो संघले अर्का खेलाडी तथा प्रशिक्षक रमेश मगरलाई १० वर्षको प्रतिबन्ध लगाएको छ । मगरले ११ हप्ते सैद्धान्तिक परीक्षा उत्तीर्ण गरे पनि विदेश पलायन भइ नेपालको छविमा आँच पुर्याउने काम गरेकाले उनलाई प्रतिबन्ध लगाइएको हो ।








प्रतिक्रिया दिनुहोस्