धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्ड कपमा नेपालमा बस्दै आएका क्यामरुनका शरणार्थीहरुको क्लव दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान फुटबल क्लबलाई ५—० गोल अन्तरले हराउँदै दाउफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
क्यामरुनको जितका लागि यान्नीक ओवन, पट्ङ्गा, कोनोले गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच दाउफिन्सका क्याप्टेन आउरेल इनामे भए ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल एपीएफ र फ्रेण्डस् क्लब बीच हुने छ ।








प्रतिक्रिया दिनुहोस्