Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक


0
Shares

काठमाडौं । आगामी मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने तेह्रौं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा तेह्रौं सागको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गरे ।

शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ ।

प्रतिस्पर्धाबाट छानिएको लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन । मस्कटका रुपमा कृष्णसार रहेको छ ।

साग गत वर्ष नै हुनुपर्ने भए पनि भौतिक पूर्वाधारको अभावमा सरेको हो । अब साग नसर्ने प्रतिवद्धता सरकारले गरिसकेको छ ।

सरकारले आठौं राष्ट्रिय खेलकुदमा छानिएका खेलाडीहरुलाई प्रतियोगिताको तयारीका लागि जेठदेखि नै बन्द प्रशिक्षणमा राख्ने बताएको छ ।

साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुँदैछ ।