 
	    काठमाडौं, वैशाख २४ । यस वर्षको रुपक स्मृति फुटबल पुरस्कारबाट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई सम्मानित गरिएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुमा खेलाडीद्वय अनिल गुरुङ र अनु लामा, प्रशिक्षक बिराटकृष्ण श्रेष्ठ र रेफ्रीद्वय शैलेश जोशी तथा बिना श्रेष्ठ रहेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
महिला खेलाडीतर्फ राष्ट्रिय फुटबल टोलीकी कप्तान अनु लामा सम्मानित हुँदा प्रशिक्षकतर्फ नेपाल पुलिस क्लबका प्रशिक्षक बिराटकृष्ण श्रेष्ठ सम्मानित भएका हुन् ।
यस्तै, रेफ्रीतर्फ फिफा असिस्टेन्ट रेफ्री शैलेस जोशी र फिफा महिला रेफ्री बिना श्रेष्ठ पनि सम्मानित भए ।
पुरस्कृत सबैले जनही १–१ लाख रुपैयाँ र यामाहा मोटरसाइकल प्राप्त गरेका छन् ।
उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्मानित व्यक्तित्वहरुलाई पुरस्कृत गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्