Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


स्वयम्भू–लुम्बिनी साइकल यात्रा


0
Shares

काठमाडौं, वैशाख २९ । बुद्ध जयन्तीको अवसर पारेर आउँदो जेठ १ गते काठमाडौंको स्वयम्भूबाट एउटा टोली साइकल यात्रा गर्दै लुम्बिनी जाने भएको छ ।

टुर डे लुम्बिनी नामक संस्थाले आयोजना गर्ने उक्त यात्रामा जापानी र थाइ भिक्षुहरु पनि सहभागी हुने जानकारी आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

काठमाडौंबाट ७० जना जाने र बीचबाटोबाट थपिँदै १०८ जना लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।

यात्रामा सहभागी हुन एक विदेशी नागरिकलाई १०० अमेरिकी डलर र नेपालीलाई चार हजार ५०० रुपैयाँ शुल्क लाग्ने पनि आयोजक संस्थाले जनाएको छ ।

साइकल यात्रापछि लुम्बिनी क्षेत्रमा २०० वृक्षरोपण गर्ने कार्यक्रमसमेत रहेको छ ।