Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप सुरु


0
Shares

धनकुटा, वैशाख २८ । धनकुटामा शनिबारदेखि सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण सुरु भएको छ ।

शनिबार तल्लो टुँडिखेलमा भएको उद्घाटन खेलमा मोरङको विन्ध्यबासिनी क्लब विजयी भयो ।

भारतको रोयल फुटबल क्लबलाई ‘सडेनडथ’मा पराजित गर्दै विन्ध्यबासिनीले विजयी सुरुआत गरेको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित ८ टिमको सहभागिता रहेको छ ।

विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।