३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


भक्तपुरको चाँगुनारायणमा ढिस्कोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु


0
Shares

भक्तपुर, असार २८ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–७, मझुवा–बागेहिटीमा ढिस्कोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

बुधबार राति परेको अविरल वर्षापछि भेलसहित खसेको ढिस्कोले टहरा पुरिँदा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको हो ।

उनीहरु भूकम्पपीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो नै ढिस्कोले पुरेको जनाइएको छ ।