२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर विजयी


0
Shares

काठमाडौं, जेठ २ ।  इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएल अन्तर्गत शनिबार राति भएका खेलहरुमा कोलकाता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएका छन् ।

कोलकाताले डकवर्थ लुइस नियमका आधारमा राइजिङ पुणे सुपरजाइन्ट्सलाई ८ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको पुणेले १७ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा एक सय तीन रन बनाँउदा वर्षाले खेल प्रभावित भयो ।

यसपछि कोलकाताले ९ ओभरमा ६६ रनको लक्ष्य पायो । कोलकाताले निर्धारित लक्ष्य पाँच ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्‍यो ।

कोलकाताका जीतका युसुफ पठानले १८ बलमा अविजित ३७ रन तथा मनिष पाण्डेयले १० बलमा अजिजित १५ रन बनाए ।

हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात लायन्सलाई १ सय ४४ रनको फराकिलो अन्तरले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ३ विकेटको क्षतीमा २ सय ४८ रन बनायो ।
उसका लागि एबी डे भिलायर्सले अविजित १ सय २९ रन तथा कप्तान विराट कोहलीले १ सय ९ रन बनाए ।

जवाफमा २ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले १ सय ४ रन मात्रै बनाउन सक्यो । गुजरातलाई सस्तैमा समेट्न बैंग्लोरका क्रिश मोरीसले ४ तथा युज्भेन्द्र चहालले ३ विकेट लिए ।

आईपिएल क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज वेलुकी किङ्स इलेभेन पञ्जाव र सनराईजर्स हैदरावाद भिड्दा मुम्बई इण्डीयन्सले दिल्ली डेयरडेभिल्ससँग खेल्नेछ ।