
काठमाडौं, जेठ ४ । थाइल्यान्डको फाङ गा प्रान्तको कोह ताचाइ टापुमा पर्यटकको अत्यधिक चापका कारण त्यहाँ पर्यटकलाई प्रवेश निषेध गरिने भएको छ ।
मानिसको चापका कारण प्राकृतिक स्रोत र वातावरणमा नकारात्मक असर परेको भन्दै उक्त टापु बन्द गर्न लागेको थाइ अधिकारीहरुले जनाएका छन् ।
टापु र समुद्रको वातावरण पुनर्बासका लागि पर्यटकको चाप बाधक हुने बताइएको छ ।
कोह् ताचाइ टापु सिमिलन राष्ट्रिय निकुञ्जअन्तर्गत् रहेको छ । थाइल्यान्डमा वर्षेनि दशौं लाख पर्यटक समुद्री तट र टापु भ्रमणका लागि पुग्ने गर्दछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्