Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


काठमाडौंमा ८ देशका रेस्लरबीच भिडन्त


0
Shares

काठमाडौं, वैशाख २७ । एम के डब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिप रेस्लिङ प्रतियोगिता शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने भएको छ ।

वान बेल्ट वान रोड चीनको प्रायोजनमा हुन लागेको प्रतियोगितामा नेपालसहित ८ देशका शीर्ष रेस्लरहरुको सहभागिता रहने आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ ।

प्रतियोगितामा बेल्ट एन्ड रोड च्याम्पियन र वर्ल्ड च्याम्पियन गरी दुईओटा बेल्ट प्रदान गरिनेछ ।

एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने संघका महासचिव सुवर्ण श्रेष्ठले जनाएका छन् ।

चीन, अमेरिका, इंग्ल्यान्ड, हङकङ र न्यूजिल्यान्डलगायतका खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगितामा नेपालबाट नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान र दिलाशाले प्रतिस्पर्धा गर्नेछन् ।

वान बेल्ट वान रोड योजनाअन्तर्गत् एसिया, युरोप र अफ्रिकी देशका सडक र रेलमार्गमा जोडिनेछन् ।

प्रतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध थप मजबुद् हुने विश्वास लिइएको छ ।