३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


नवलपरासीसँग सीमा जोडिएको भारतीय बजारमा विस्फोट, दुईको मृत्यु, तीन घाइते


0
Shares

हरि शर्मा (इमेज)
नवलपरासी, जेठ ६ । नवलपरासीसँग सीमा जोडिएको भारतको ठुटीबारी बजारमा विहीबार दिउँसो बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् ।

महाराजगन्ज जिल्लाको ठुटीबारीको एक कवाडी संकलन केन्द्रमा विस्फोट हुँदा विकास सहनी र उनका ५ वर्षीय छोरा अमनको मृत्यु भएको हो ।

घाइते हुनेमा उनकै परिवारका उर्मिला, निखिल र ममता सहनी छन् । कवाडी संकलन केन्द्र विकास सहनीको हो । उनीहरु सबै भारतीय हुन् ।

विकासले नेपालबाट कवाडी सामान किनेर लाने र त्यसलाई प्रशोधन गर्ने काम गर्दै आएका थिए ।

त्यसैक्रममा एउटा भाँडोलाई पगाल्नेक्रममा एक्कासि बम विस्फोट भएको बताइएको छ ।

ठुटीबारी बजार नेपालीहरुको पनि किनमेल गन्तव्य हो ।