Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नेपालका २४ फुटबल प्रशिक्षकलाई पहिलोपटक ‘ए’ सर्टिफिकेट कोर्स


0
Shares

काठमाडौं, जेठ ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा पहिलोपटक २४ जना प्रशिक्षकलाई एकैपटक एसियाली फुटबल महासंघ (एएफसी) ‘ए’ सर्टिफिकेट प्रशिक्षक कोर्स प्रदान गरेको छ ।

फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीका इन्स्टक्टर वैथिलिंगम सुब्रमनियमले दुई चरणमा गरी विशेष प्रशिक्षण दिएका थिए ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको प्रशिक्षण समापन तथा प्रमाणपत्र वितरण समारोहमा एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले सन् २०१८ सम्म क्लब प्रशिक्षकलाई पनि ‘ए’ लाइसेन्स अनिवार्य भएका कारण यो कोर्सबाट निकै ठूलो मद्दत मिलेको बताए ।

त्यस्तै, इन्स्टक्टर सुब्रमनियमले सहभागीहरुको मेहनतले नेपाली फुटबलको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘ए’ लाइसेन्स कोर्स लिने प्रशिक्षकहरुमा मनोज रञ्जित, मधु कार्की, बालगोपाल महर्जन, सुनिलकुमार श्रेष्ठ, विजय महर्जन, मृगेन्द्र मिश्र, किशोर केसी, उर्जन श्रेष्ठ, छिरिङ लोप्साङ गुरुङ, हरि खड्का, उपेन्द्रमान सिंह र कुमार थापा छन् ।

त्यस्तै, राजेन्द्र तामाङ, नवीन न्यौपाने, यामप्रसाद गुरुङ, सुमन श्रेष्ठ, ललित चन्द, दर्शन भक्तराज लावत, अरुणा गुरुङ, रमेश महर्जन, मेघराज केसी, चेतनारायण श्रेष्ठ, हरिओम श्रेष्ठ र रविन्द्र सिलाकारले पनि ‘ए’ लाइसेन्स कोर्स लिएका छन् ।