२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बजेटको प्रतिरक्षा गर्न एमाले सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसद भवन बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेटलाई दिल खोलेर समर्थन गर्न आग्रह गरे ।

विपक्षीहरुले वितरणमुखी भनेर विरोधका लागि विरोधमात्रै गरेको भन्दै उनले बजेटमा केमा असहमति हो भन्ने नखुलाई भ्रममात्रै फैलाउन खोजिएको आरोप लगाए ।

शिक्षा, स्वास्थ्य र विकास योजनाका लागि बजेट छुट्याइएको दाबी गर्दै प्रधानमन्त्री ओलीले पैसा पोको पारेर राख्ने नभइ वितरण गर्नुपर्ने धारणा राखे ।

सांसदले ३ करोड पाए भनेर भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले सांसदहरुलाई विकास निर्माणमा सहभागी बनाउन रकम छुट्याइएको तर्क गरे । बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्ने आरोपको खण्डन गर्दै उनले देश बनाउने काम नै चुनौतीपुर्ण रहेको जिकिर गरे ।