Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कराँते प्रतियोगिता हुँदै


0
Shares

काठमाडौं, वैशाख २४ । बीसौं राष्ट्रिय पुरुष खुला तथा १३औं राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ गते शुक्रबारदेखि राजधानीमा हुने भएको छ ।

दशरथ रंगशालाको मिनि कभर्डहलमा हुने दुईदिने प्रतियोगितामा पुरुषतर्फ ८५ तथा महिलातर्फ ३८ गरी १२३ खेलाडीले सहभागिता जनाउने आयोजक नेपाल क्योकुशिन कराँते डो संघ बज्रले जनाएको छ ।

पुरुषतर्फको विजेतालाई ३० हजार रुपैयाँ पुरस्कार दिँदा महिलातर्फको विजेताले भने १० हजार रुपैयाँमात्र पाउनेछिन् ।

पुरुषको उपविजेताले १५ हजार पाउँदा महिलाको उपविजेताको भागमा पाँच हजार तथा पुरुषको तेस्रोले साढे सात हजार पाउँदा महिलाको तेस्रोले साढे दुई हजारमात्र पाउनेछिन् ।