३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


इजरायलमा प्यालेस्टाइनीले चलाएको गोली लागेर चारजनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ २७ । इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले चलाएको गोली लागेर कम्तिमा चार जनाको मृत्यु भएको छ ।

इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले चलाएको गोलीले अन्य ६ जना घाइते भएका छन् ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तेल अविवका प्रहरी प्रमुखले आक्रमणलाई गम्भीर चरमपन्थी हमलाको संज्ञा दिएका छन् ।

पुलिसका एक प्रवक्ताले आक्रमणमा संलग्न व्यक्तिहरु वेस्ट बैंकस्थित हेब्रान नजिकको गाउँबाट आएको बताएका छन् । (एजेन्सी)