Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मेस्सी र सुवारेजको गोलले बार्सिलोना विजयी, लिभरपुल पराजित


0
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युएफा च्याम्पियन्स लिग फुटबलको फाइनल नजिक पुगेको छ ।

सेमिफाइनल पहिलो लेगको खेलमा इङ्गलिस प्रिमियर क्लब लिभरपुललाई ३–० ले पराजित गर्दै बार्सिलोनाले फाइनलमा पुग्ने संभावना बलियो पारेको हो ।

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा लुइस सुवारेजले एक गोल थपे ।

यो हारले लिभरपुल भने दबाबमा आएको छ । सेमिफाइनल दोस्रो लेगको खेल अर्को हप्ता लिभरपुलको मैदान एन्फील्डमा हुनेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनलमा इंग्लन्डको टोटनह्याम हट्सपरमाथि नेरल्यान्ड्सको आयाक्स एम्सटरडमले पहिलो लेगमा १–० को अग्रता लिएको छ ।