Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट


0
Shares

काठमाडौं, वैशाख १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यु–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।

मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।

एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ ।

छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमीमा राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

यस्तै, यसै छनोटबाट आएका यु–१६ खेलाडीले एसियाली फुटबल महासंघ (एएफसी) यु–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।

छनोट हुने खेलाडीमा विक्रम गौतम, विजयराज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् । रासस