काठमाडौं, वैशाख १७ । टर्कीस एअरलाइन्सले अर्को शनिबार काठमाडौंमा गल्फ प्र्रतियोगिता आयोजना गर्ने भएको छ ।
एअरलाइन्सले विश्वभर आयोजना गर्ने एमेच्योर सिरिजको गल्फ प्रतियोगिताअन्तर्गत् विगत दुई वर्षदेखि नेपालमा पनि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ ।
गोकर्ण फरेस्ट गल्फ कोर्समा हुने प्रतियोगिताको विजेताले यही नोभेम्बर पहिलो साता टर्कीको एन्ताल्यामा हुने टर्कीस एअरलाइन्स विश्व गल्फ कपमा नेपालबाट सहभागिता जनाउन पाउनेछन् ।
कर्पाेरेट क्षेत्रको विश्वकै ठूलो गल्फ प्रतियोगिता दाबी गरिएको यो प्रतियोगितामा विश्वभर झन्डै १० हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंमा हुने प्रतियोगितामा विभिन्न गल्फ क्लब र कर्पोरेट क्षेत्रका १०० जना खेलाडी सहभागी हुुने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्