Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


कर्णाली स्पोर्ट्सलाई रुट्सको साथ


0
Shares

काठमाडौं, वैशाख १७ । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाद्वारा सन्चालित कर्णाली स्पोर्ट्स क्लबलाई रुट्स फेसन प्रालिले आर्थिक सहयोग गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै रुट्स फेसनले रोकायाको क्लबलाई एक लाख रुपैयाँ तथा उनले आयोजना गर्दै आएको रारा अल्ट्रा म्याराथनलाई डेढ लाख रुपैयाँ नगद सहयोग गरेको हो ।

अल्ट्रा म्याराथन आगामी असार २७ गते मुगु र जुम्लामा आयोजना हुनेछ ।

रोकायालाई रुट्स फेसनका निर्देशक राजीव श्रेष्ठले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

रुट्सले यसपालि ‘शु एक्सचेन्ज’बाट प्राप्त जुत्ताहरु पनि कर्णाली स्पोर्ट्स क्लबलाई सहयोगस्वरुप दिने घोषणा गरेको छ ।

रुट्स फेसनले नेपालमा एडीडास, रिबकजस्ता ब्रान्डका खेलकुद पोसाक तथा सामग्री बिक्री गर्दै आएको छ ।