काठमाडौं । १९ वर्षमुनिको एएफसी महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले निरन्तर कमजोर प्रदर्शन गरेको छ ।
म्यानमारमा जारी छनोटको पहिलो खेलमा अष्ट्रेलियासंग ११-१ को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसंग ४-० को हार बेहोरेको हो ।
मध्यान्तरसम्म नेपाल १-० ले पछि परेको नेपालले मध्यान्तरपछि तीन गोल खाएको थियो । उज्वेकिस्तान पहिलो खेलमा म्यानमारसंग १-० ले पराजित भएको थियो ।
लगातार कमजोर प्रदर्शन गरेसंगै नेपालको अर्को चरणको सम्भावना सकिएको छ ।
नेपालले मंगलबार म्यानमारसंग खेल्नेछ । छनोटको शीर्ष टोलीलेमात्र एएफसी च्याम्पियनसिपमा स्थान बनाउने छ ।








प्रतिक्रिया दिनुहोस्