Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


टोटनह्याम हट्सपरमाथि वेष्टह्याम युनाईटेडको जित


0
Shares

काठमाडौं, वैशाख १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्टह्याम युनाईटेडले हराएको छ ।

गएराति भएको लण्डन डर्बीमा वेष्ट ह्यामलाई १–० ले विजयी गराउन मिचेल एन्टोनियोले निर्णायक गोल गरे ।

प्रिमियर लिगको अर्को खेलमा फुल्हामले कार्डिफ सिटीलाई १–० ले हरायो । हारसँगै कार्डिफ सिटीको रेलिगेशनमा पर्ने सम्भावना झनै बढेको छ । 

गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेस र एभर्टनले गोलरहित बराबरी खेल्दा वुल्भरह्याम्पटन वान्डरर्सले वाट्फोर्डमाथि २–१ को जित निकाल्यो । साउथह्याम्प्टन र बर्नमाउथले ३–३ गोलको बराबरी खेल्दा न्युकासल युनाईटेडले ब्राईटनसँग १–१ गोलको बराबरीमा चित्त बुझायो ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३६ खेलबाट ९१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८९ अंकका साथ दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ७० अंक छ । चौथो स्थानको चेल्सीको ६७ अंक छ भने ६६ अंकका साथ आर्सनल पाँचौ तथा ६४ अंकसहित म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छ ।