
काठमाडौं, साउन २ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधानअनुसार नयाँ सरकार गठनमा कुनै समस्या नहुने निष्कर्ष निकालेका छन् ।
नेपाल बार एसोसिएसनका पदाधिकारीसहित बरिष्ठ संविधानविदहरुसँग भएको छलफलपछि दुई दलले नयाँ सरकार गठनमा कुनै संवैधानिक व्यवधान नभएको निष्कर्ष निकालेका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार भएको छलफलमा संविधानविद्हरुले संविधानको धारा २ सय ९८ प्रयोग गरेर नै अविश्वासको प्रस्ताव ल्याइएको र सोही धारा प्रयोग गरेर बनेको संसद् नियमावली अनुसार नै नयाँ सरकार गठन हुने स्पष्ट पारेका हुन् ।
संविधानविद् सूर्य ढुंगेलले सरकारविरुद्धको अविश्वासको प्रस्ताव पास भएको जानकारी सभामुखले राष्ट्रपतिलाई गराएपछि राष्ट्रपतिले सहमतीय सरकारको आह्वान गर्ने र त्यसबीच सहमति हुन नसके बहुमतीय प्रक्रिया शुरु गर्ने स्पष्ट संवैधानिक प्रावधान रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्