Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बन्दै


0
Shares

काठमाडौं, वैशाख १४ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ ।

गएराति भएको खेलमा लिभरपुलले शानदार जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएपछि उपाधि होड रोमाञ्चक बनेको हो । उपाधिका लागि साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको दाबी बलियो छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेलिगेसनमा पर्ने निश्चित भएको पुछारको टिम हडर्सफिल्ड टाउनलाई ५–० ले हराएको हो । लिभरपुलका जितमा साडिओ माने र मोहम्मद सालहले दुई–दुई गोल गरे । यस्तै नेबी केइटाले एक गोल गरे ।

जितपछि लिभरपुलको ३६ खेलबाट ९१ अंक भएको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३५ खेलबाट ८९ अंक छ ।