सुर्खेत । दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा न्यु होराइजन बुटवलले पहिलो जित हात पारेको छ ।
शुक्रबार भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले हराउँदै बुटवलले बिजयी सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरेको न्यु होराइजन बुटवलले निर्धारित २० ओभरमा १ सय ६६ बनाएको थियो ।
उसका लागि सुनिल धमलाले ६० रन, अर्जुन रायमाझीले २४ र सुरज दराइले २१ रनको योगदान दिए ।
महेन्द्रनगरका लागि सन्तोष भट्टले २ तथा विकास अग्री र विक्रम ठगुन्नाले समान एकएक विकेट लिए ।
१ सय ६७ रनको लक्ष्य पछ्याउदै महेन्द्रनगर ९५ रनमा मात्र समेटिएपछि उक्त खेल बुटवलले ७१ रनले जितेको हो ।
खेलको प्लेयर अफ द म्याथ बुटवलका सुनिल धमला भएका छन् ।








प्रतिक्रिया दिनुहोस्