२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


रक्तसञ्चार सेवा स्वर्ण महोत्सव समापन


0
Shares

काठमाडौं, साउन ८ । ‘स्वयंसेवी रक्तदाता तथा संघ–संस्थलाई सम्मान गरौं’ भन्ने नाराकासाथ गत वर्ष सुरु भएको रक्तसञ्चार सेवा स्वर्ण महोत्सव शनिबारबाट समापन भएको छ ।

यसै अवसरमा ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान)ले शनिबार राजधानीमा रक्तसञ्चार सेवा स्वर्ण महोत्सव समापन समारोहको आयोजना गर्‍यो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले रक्तदानका क्षेत्रमा सहयोग पुर्‍याउने केन्द्रीय रक्तसञ्चार सेवा, नेपाल रेडक्रस सोसाइटी, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय रक्त सञ्चार ब्यूरो, पशुपति मारवाडी सेवा संघ र सतक रक्तदातालाई कदरपत्र प्रदान गरे ।

कार्यक्रममा ७५ पटक र ५० पटकभन्दा बढी रक्तदान गरेका रक्तदाता र २५ पटकभन्दा बढी रक्तदान गर्ने संघ–संस्थालाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

बिरामीको उपचारमा आवश्यकपर्ने रगत उपलब्ध गराउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गते वीर अस्पतालको एउटा कोठामा लक्ष्मी ब्लड बैंकको स्थापना गरेको हो ।

रक्तदान कार्यक्रम
जनकल्याण सामाजिक केन्द्रले शनिबार राजधानीको धनेश्वर मन्दिर परिसर बानियाँटारमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मानवीय मूलमन्त्रलाई आत्मसात गरी कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष विकास दासले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेका थिए ।