Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


थाइल्याण्डलाई नेपालले दियो २३५ रनको लक्ष्य


0
Shares

काठमाडौं, वैशाख १२ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ ।

बिहीबार बिहान पहिले ब्याटिङ गर्दै नेपालले सात विकेटको क्षतिमा २३४ रन बनाएको हो । 

नेपालका लागि आशिष भट्टराईले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाएका थिए । त्यस्तै दीपक बोहराले ३५, विशाल विक्रम केसीले ३८, विशालकुमार पटेलले २८ रन बनाए ।

अघिल्ला दुई खेल जितेर सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपालले आयोजक राष्ट्रलाई पराजित गर्दै समूह विजेता हुने लक्ष्य राखेको छ ।

नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।