२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


सर्वोच्चमा सिफारिस भएका न्यायाधीशहरुको सुनुवाई सुरु


0
Shares

काठमाडौं, साउन १२ । सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाई सुरु भएको छ ।

संसदीय सुनुवाई विशेष समितिले न्यायाधीशका लागि न्याय परिषद्ले सिफारिस गरेका ११ जनामध्ये ६ जनाको सुनुवाई आज सुरु गरेको हो ।

सिफारिसमा परेका दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाई भइरहेको छ ।

यसअघि पनि प्रधानन्यायाधीशको सुनुवाई लगत्तै न्यायाधीशहरुको सुनुवाई गर्ने भनिए पनि समितिका सभापति कुलबहादुर गुरुङ अस्वस्थ भएपछि सुनुवाई रोकिएको थियो ।