
काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट राजीनामा दिँदा छिमेकमा हर्षबढाइँ भएको खबरले आफू आश्चर्यचकित बनेको बताएका छन् ।
बुधबार राजधानीमा भएको एक कार्यक्रममा उनले नेपालमा सरकार परिर्वतन हुँदा कुनै छिमेकीले हर्ष मनाउनुपर्ने र कुनैले दुःख मान्नुपर्ने अवस्था नरहेको बताए ।
नेपाल सानो मुलुक भएपनि आन्तरिक मामिला आफैं समाधान गर्न सक्षम रहेको भन्दै उनले नेपालीलाई विदेशी हस्तक्षेप स्वीकार्य नहुने पनि स्पस्ट पारे ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नहुने पनि बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्