२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


राणा राप्रपाको नयाँ अध्यक्ष चुनिए


0
Shares

काठमाडौं, साउन १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपति शमशेर राणा चुनिएका छन् ।

बुधबार राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले राणालाई अध्यक्ष चयन गरेको हो ।

यसअघि गरिएको सम्झौताबमोजिम लोकेन्द्रबहादुर चन्दले राणालाई अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।

केन्द्रीय समिति बैठकमा चन्दले राणालाई अध्यक्ष बनाउन भनी गरेको प्रस्तावमा नेता डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए ।