
काठमाडौं, साउन १२ । राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनले देशलाई लामो समयसम्म अस्थिरताको बाटोमा लैजाने दाबी गरेका छन् ।
उनले दलहरुबीचको आन्तरिक कलहकै कारण ओली नेतृत्वको सरकार ढलेको भन्दै दलहरुबीच एकता कायम हुनसके नेपालको आन्तरिक मामिलामा विदेशीहरु प्रवेश गर्नै नसक्ने बताए ।
बुधबार राजधानीमा पार्टी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै थापाले सरकार परिवर्तनले नेपालको राष्ट्रिय हितमा आँच पुगेको दाबी पनि गरे ।
अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि दलीय सहमति आवश्यक भएकोमा पनि जोड दिए ।
राप्रपासँग छिट्टै पार्टी एकता हुने उल्लेख गर्दै उनले त्यसपछिमात्रै सरकारमा जाने वा विपक्षमा रहने भन्नेबारे निर्णय हुने बताए ।
प्रतिक्रिया दिनुहोस्