भुवन भट्ट/सनिज मानन्धर (इमेज)
काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै सुरु भएको नयाँ सरकार गठनको सरगर्मी भित्रभित्रै निकै तातिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र साना दलहरु सम्मिलित सरकार बन्ने निश्चितजस्तै देखिएकाले ती दलहरुभित्र मन्त्री बन्नका लागि तँछाड–मछाड चलिरहेको छ ।
तर, संविधानको भावनाअनुसारको मन्त्रिमन्डल बन्ला त ? सर्वसाधारणमा भने यस्तो जिज्ञासा रहेको छ ।
मन्त्री बन्ने लाइनमा पटक–पटक मन्त्री बनेकाहरुदेखि मन्त्री बन्नै नपाएकाहरु पनि छन् । त्यसो त पञ्चालतकालमासमेत मन्त्री बनेकाहरु पनि दौडमा रहेका छन् ।
सरकार बनाउने र मन्त्री बन्ने दौडकैबीच के संविधानको मर्मअनुसारको ‘क्याबिनेट’ बन्ला त ? भन्ने जिज्ञासा पनि बढेको छ ।
संधिानको धारा ७६ को उपधारा ९ अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्वान्तमा प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री बन्न लागेका पुष्पकमल दाहालसमक्ष दुईओटा विकल्प छन् । एउटा ओली सरकारको बाटो पच्छ्याउने र अर्को संविधानको मर्म र भावनाअनुसार चल्ने ।
राजनीतिक विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहालले दोस्रो विकल्पमा जान सल्लाह दिन्छन् ।
दाहालले नेतृत्व गरेको पार्टी माआवादी केन्द्रमासमेत यसबारेमा छलफल भएको नेता हरिबोल गजुरेलले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्










प्रतिक्रिया दिनुहोस्