
काठमाडौं, साउन १३ । विहीबार सुनको मूल्य उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलाको ५८ हजार ४ सय रुपैयाँमा स्थीर रहेको थियो ।
विहीबार चाँदी पनि तोलामा २५ रुपैयाँले महँगिएर ९ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्