२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


केरुङदेखि स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट ७ केजी सुन बरामद


0
Shares

रसुवा । रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको ७ केजी सुन बरामद भएको छ ।

चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो ।

ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको विशेष सुराकीको आधारमा सुन बरामद गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए ।

सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेस्थित घट्टेखोलाबाट मंगलवार साँझ ४ बजे बरामद गरेको हो ।

सुनसहित चालक नौकुण्ड गाउँपालिकाका १ का ग्याल्बो घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अबैध सुन ओसारपसारमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने हुँदा अनुसन्धान  प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।