Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


सबैभन्दा छिटो गोल गरेर साउथह्याम्पटनका शेनले बनाए कीर्तिमान


0
Shares

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनेको छ ।

गएराति साउथह्याम्पटन र वाटफोर्डबीच भएको खेलमा साउथह्याम्पटनका लागि शेनले खेल सुरु भएको ७.६९ सेकेन्डमै गोल गरेका हुन ।

उनी प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।

३२ वर्षका शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गको कीर्तिमान भंग गरेका हुन् ।

किङ्गले १९ वर्षअघि अर्थात सन् २००० को डिसेम्बरमा ब्राडफोर्डिवद्धको खेलमा ९.८२ सेकेण्डमा गोल गरेका थिए ।

रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग बराबरी खेलेको छ ।

अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले १–१ को बराबरी खेलेको हो ।

यो खेलमा साउथह्याम्पटनले खेलको पहिलो मिनेट र वाट्फोर्डले अन्तिम मिनेटमा गोल गरेका हुन् ।