३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


गैंडाको खागसहित काठमाडौंबाट दुईजना समातिए, २५ लाखमा मोलमोलाइ


0
Shares

काठमाडौं, असार २६ । प्रहरीले गैंडाको एकथान खागसहित मंगलबार दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

‘सुकेधारास्थित दियो रेस्टुरेन्टमा खाग किनबेच हुँदैछ’ भन्ने विशेष सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

खागसहित पक्राउ पर्नेहरुमा ओखलढुंगाका टेकराज बयलकोटी र गुल्मीका सुमन खत्री रहेका छन् ।

२५ लाख रुपैयाँमा खाग बिक्रीका लागि मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइने प्रहरी परिसर प्रमुख पोखरेलले बताए ।

यस्तै, प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरी अनुसन्धानका लागि पठाइएको पनि जनाएको छ ।