काठमाडौं, साउन १७ । सभामुख ओनसरी घर्तीमगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि छानविन गर्न सांसदत्रयले राखेको प्रस्तावमा नयाँ सरकार बनेलगत्तै छलफल बढाउने भएकी छन् ।
प्रस्तावक गगनकुमार थापा तथा समर्थकद्वय धनराज गुरुङ र श्याम श्रेष्ठले राखेको प्रस्तावमा कारवाही थाल्न संसद तयार नभएको सन्देश जान थालेपछि सभामुखले बैठक बोलाएरै जहिले भन्यो तहिल्यै छलफल थाल्ने बताएकी थिइन् ।
सांसदत्रयका साथै तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतक क्रमशः चीनकाजी श्रेष्ठ, भानुभक्त ढकाल र हितराज पाण्डे तथा संसद महासचिव मनोहर भट्टराईसहितको बैठकले दिएको सुझाव अनुसार नयाँ सरकार बनेपछि उक्त प्रस्तावमा छलफल गर्न सभामुखले स्वीकृति दिएकी हुन् । –नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्